Skip to main content

Posts

अन्तरक्रिया कार्यक्रम सम्पन्न....

  अन्तरक्रिया कार्यक्रम सम्पन्न.... आज मिति २०७९।०५।०३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका वडा नं. ०७ र ०८ बजार एरियामा ईलेक्ट्रोनिक पसल तथा मोबाईल पसल संचालन गर्ने व्यवसायीहरुसंग यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारती ज्यूद्वारा शान्ति सुरक्षा सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम गर्नु भएको । 34
Recent posts

गाँजा फडाँनि कार्यक्रम सम्पन्न.....

  गाँजा फडाँनि कार्यक्रम सम्पन्न..... आज मिति २०७९।०५।०३ गते बिहान ०९:०० बजेको समयमा ''समुदाय-प्रहरी साझेदारी'' कार्यक्रम अन्तर्गत प्र.चौ.बाबियाचौर म्याग्दीको आयोजनामा प्र.स.नि.लाल बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी मंगला गाउँपालिका वडा नं.०२ माटेबगर भन्ने स्थानमा स्थानीयहरुसंग समन्वय गरी प्राकृतिक रुपमा आफै उम्रेका २ रोपनि क्षेत्रफल जग्गामा अं.१२० वटा गाँजाका बोटबिरुवाहरु फडाँनि तथा नष्ट गरिएको उक्त कार्यक्रम १०:०० बजेको समयमा समाप्त भएको । +5 57 57 5 Comments 1 Share Like Comment Share

गाँजा फडाँनि तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न....

  गाँजा फडाँनि तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न....            आज मिति २०७९।०४।३० गते ''समुदाय-प्रहरी साझेदारी'' कार्यक्रम अन्तर्गत प्रहरी विट रत्नेचौर म्याग्दीबाट प्र.ह.विष्णु पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं.०१ सिम भन्ने स्थानमा स्थानीयसंग समन्वय गरी प्राकृतिक रुपमा आफै उम्रेका १ रोपनि क्षेत्रफल जग्गामा अं.५० वटा गाँजाका बोटबिरुवाहरु फडाँनि तथा नष्ट गरिएको साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीबाट प्र.ह.भिम बहादुर बोहोराको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी रघुगंगा गा.पा.वडा नं.०३ बैसरी स्थित बेनी जोमसोम सडक खण्ड तथा ग्रामिण सडक खण्ड अन्तर्गत चल्ने सवारी साधनका चालक, सह-चालक लगायत यात्रुहरुलाई भेला जम्मा गरी अं.४० जनालाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम संचाल गरिएको ।